News Portal

  • अपडेटः अमेरिकी सैन्य अखडामाथि इरानले यसरी गरेको थियो मिसाइल हमला, भिडियोसहित

    १२१३ पटक

    काठमाडौँ । इरानले अमेरिकी सेनाका अखडाहरुमा मध्यरात मिसाइल हमला गरेको छ । आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीको बदला लिन उक्त हमला गरिएको इरानले जनाएको छ ।

    अमेरिकी सेनालाई आतंककारी घोषणा गरेको केही समयभित्रै इरानी सेनाले इराकमा रहेका सैन्य अखडाहरुमा मिसाइल हमला गरेको हो । रातो झण्डा देखाउँदै अमेरिकासँग युद्धको घोषणा गरेको इरानले थप हमला गर्ने चेतावनी समेत दिएको छ ।

    इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा गएराति दर्जन मिसाइल प्रहार गरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । उक्त महलाको भिडियाहरु पनि संचारमाध्यमसँगै सामाजिक संजालमा पनि भाइरल भएका छन् ।

    इरानले १३ मिसाइल प्रहार गरिएको बताइएको छ । आक्रमणबाट भएको क्षतिबारे अमेरिकाले अहिलेसम्म केही बताएको छैन । तर, अमेरिकी सैन्य अखडाहरुलाई लक्षित गरी गरिएको हमलाका कारण ठूलो क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।

    इरानी सरकारी टेलिभिजनले पनि रिभ्युलुसनरी गार्डले मिसाइल प्रहार गरेको र अमेरिकाले थप आक्रमण गरेमा ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।

    अमेरिकी गठबन्धन सेनाको क्याम्पमा इरानतर्फबाट दर्जनभन्दा बढी मिसाइल प्रहार भएको अमेरिकाले पुष्टि गरेको छ । अहिले क्षतिको विवरण आँकलन भइरहेको र आफ्ना गठबन्धन सेनाको रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको पेन्टागनले जनाएको छ ।

    सुलेमानीको बदला लिन इरानले गर्यो अमेरिकी सेनामाथि मिसाइल हमला

    प्रतिकृया दिनुहोस्