News Portal

  • सुलेमानीको बदला लिन इरानले गर्यो अमेरिकी सेनामाथि मिसाइल हमला

    ३९८८ पटक

    काठमाडौँ । इरानले अमेरिकी सैन्य अखडामाथि मिसाइल आक्रमण गरेको छ । आफ्ना सैन्य कमाण्डरको हत्याको बदला लिन इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा १० वटा मिसाइल आक्रमण गरेको हो ।

    इरानी संचारमाध्यमहरुका अनुसार इराकको एन अलअसद र इरबिलमा रहेका अमेरिकी सेना बस्ने अड्डामा स्थानीय समयअनुसार १ बजेर ३० मिनेटमा गरिएको थियो ।

    इरानले अमेरिकाले थप आक्रमण गरे थप भयानक आक्रमण गर्ने चेतावनी दिएको छ । आक्रमण गर्नुअघि इरानले अमेरिकी सेनालाई आतंककारी घोषणा गरेको थियो । मिसाइल हमलाबाट अमेरिकी सेनाको क्षतिलाई लुकाइएको छ । मिसाइल हमला भएको स्वीकार गर्दै अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले अनुसन्धान भइरहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

    इराकको बगदादमा अमेरिकी हवाई आक्रमण मारिएका सुलेमानीको हिजो अन्तेष्टी गर्न सकिएन । लाखौं मानिसहरु सडकमा निस्केर श्रद्धासुमन प्रकट गरेका थियो । मानिसहरुको भिड नियन्त्रणभन्दा बाहिर जाँदा थप ३५ जनाको मृत्यु भएको थियो । भिडलाई नियन्त्रण गर्न सुलेमानीको अन्त्येष्टीलाई स्थगित गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्