News Portal

पत्रकारमाथि गरेको कुटपिट तथा दुव्र्यवहारको घटनाप्रति महासंघको ध्यानाकर्षण

२९२ पटक

काठमाडौं । समाचार संकलनका क्रममा जनकपुरमा पत्रकारमाथि गरेको कुटपिट तथा दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचार संकलनका क्रममा जनकपुर उप-महानगरपालिकाका मेयर लाल किशोर साहले आफ्ना सहयोगी तथा नगरप्रहरी प्रयोग गरी कुटपिट तथा दुव्र्यवहार गरेको छ ।

विश्व सम्पदा सूचिमा सूचिकरणका लागि सिफारिस गरिएको जानकी मन्दिरको जग्गा अतिक्रमण भएको विषयमा मेयर साहसंग प्रतिक्रिया लिन पुगेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, उज्यालो अनलाईन डटकमका पत्रकार सुवास कर्ण, देश सञ्चार डटकमका पत्रकार राजा झालाई आफ्नो सहयोगी तथा नगरप्रहरी प्रयोग गरी कुटपिट गर्नुका साथै, कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुरलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको विज्ञनप्तीमा उल्लेख छ ।

सूचना संकलनका लागि मेयरको कार्यकक्षमा पुगेका पत्रकारहरुमाथि भएको कुटपिट तथा दुव्र्यवहारको घटना प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्न भएको महासंघको ठहर छ ।

महासंघ यस घटनाको भत्र्सना गर्दै, सत्यतथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्नुका साथै पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूती गर्न सरकारसंग जोडदार माग गरेको छ ।

FNJ Press

 

प्रतिकृया दिनुहोस्