News Portal

  • नेपाल भ्रमण वर्ष २०२० को मलेसियामा उदघाटन

    ६५२ पटक

    काठमाडौं । मलेसियाको क्वालालम्पुरमा रहेको दूतावासले एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को उदघाटन गरेको छ ।

    विदेशमा रहेका सम्पूर्ण कूटनीतिक नियोगहरुमा जनवरी ७ तारिखका दिन एक साथ भ्रमण वर्ष २०२० को शुभारम्भ गर्ने निर्णय अनुसार मलेसियामा पनि उदघाटन गरिएको छ ।

    सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने नेपालको लक्ष्य छ । कार्यक्रममा मलेसियाका पर्यटन, कला तथा संस्कृति मन्त्री दातुक मोहमद्दिन विन केतापीमने प्रमुख आतिथ्यता रहेको थियो भने मलेसियाको परराष्ट्र मन्त्रालय लगायतका सरकारी कार्यालयहरु, पर्यटन प्रवर्दधनसँग सम्बन्धित सरकारी तथा गैर सरकारी निकायहरुलगायतको उपस्थिति रहेको थियो ।

    सो अवसरमा बोल्दै मलेसियाका पर्यटन मन्त्री माननीय केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना व्यक्त गर्दै विश्वका धेरै पर्यटकहरुको रोजाईमा नेपाल रहने विश्वास व्यक्त गरे ।

    साथै पर्यटनको विकासको लागि उत्पादकत्व, प्रचार प्रसार, बजार रणनीति, मानव श्रोतको विकास र नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रमलाई सम्वोधन गर्दै मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले खेलेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा रहेका अवसरहरु, नेपाल र मलेसियावीचमा पर्यटन प्रवर्दधनको क्षेत्रमा हुनुपर्ने साझेदारी लगायतका विषयमा प्रकाश पार्दै सम्पूर्ण मलेसियन नागरिक तथा विदेशीहरुलाई नेपाल भ्रमणको निमन्त्रणा गरे ।

    प्रतिकृया दिनुहोस्