News Portal

  • अनलाइन ठगी गर्ने गिरोह पक्राउ

    २८८ पटक

    काठमाडौं । महानगरीय अपराध महाशाखाले अनलाइनमार्फत् ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

    टोलीले उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइन व्यवसायमार्फत् ठगी गर्ने मोरङका अलङ्कार जैन, भारतका नवीन अग्रवाल, आनन्द अग्रवाल, रौतहटकी शर्मिलाकुमारी श्रेष्ठ र काठमाडौँका सुशील गुरुङलाई सोमबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइनमार्फत विभिन्न व्यक्तिलाई झुटा कुरा सम्प्रेषण गरी लाखौँ रकम ठगी गरेकाले उनीहरुलाई पक्राउ गरेको बताए ।

    पक्राउ परेकासँग आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्