News Portal

  • इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प

    २३२ पटक

    काठमाडौं । इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा ६.२ म्याग्नीच्युडको भूकम्प आएको छ ।

    शक्तिशाली भूकम्प आएपनि कुनै क्षतिको विवरण प्राप्त भइनसकेको र सुनामी चेतावनीको कुनै सुचना जारी नगरिएको अधिकारीहरुले जनाएका छन् ।

    अमेरिकी भूगर्भ विभागका अनुसार सुमात्रादेखि पश्चिमतर्फ पर्ने सिमेउलु टापुमा केन्द्रविन्दु भएर भूकम्प आएको हो । इन्डोनेसियाली मौसम तथा भूभौतिक विभागले पनि सुनामीको चेतावनी नरहेको स्पष्ट पारेको छ ।

    भूकम्पपछि स्थानीय वासिन्दा त्रसित भएका छन् भने भूकम्पको झट्का महसूस गर्ने वित्तिकै स्थानीयवासी घरबाहिर दौडिएका थिए । त्यहाँ भूकम्प, ज्वालामुखी र आँधी बेला बेलामा आइरहने गर्छ ।

    यसअघि सन् २०१८ मा सुलावेसी टापूमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र सुनामीका कारण २२ सय भन्दाबढीको मृत्यु भएको थियो भने, एक हजारभन्दा बढी बेपत्ता भएको घोषणा गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्