News Portal

  • जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

    १५५ पटक

    काठमाडौं । नेपाल प्रहरीले होटलमा जुवातास खेलिरहेको अवस्थामा लामा लगायत ७ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित काभ्रे तिमाल घर भएका ५४ वर्षिय दावा लामाको होटलमा जुवातास खेलिरहेको अवस्थामा लामा लगायत ७ जनालाई नगद ११ हजार ७ सय २० रुपैयाँ र ३ बुक तास सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको विज्ञप्तीमा उल्लेख छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्