News Portal

  • ५१ हजार नगदसहित सागका स्वर्ण पदक विजेतालाई सम्मान

    १८३ पटक

    सिरहा । दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सिरहाबाट स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ ।

    गोलबजार नगरपालिका १० धरमपुरका उसु खेलाडी १९ वर्षिय विजय सिंजालीलाई नगद ५१ हजार नगद सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

    सिंजालीलाई गोलबजार नगरकाका मेयर देवनाथ साह, उपमेयर रेशमक’मारी थापा, प्रम’ख प्रशासकीय अधिकृत श्रीधर के.सी.ले सम्मान गरेका हुन् ।

    नेपाल आर्मी क्लवबाट १३ औं सागमा सहभागी भएका सिंजालीले उस’तर्फ थाउलोको छानछ्वाङ् पुरुष विधामा स्वर्ण पदक जितेका थिए ।

    यसअघि भारतको गुवाहाटीमा भएको १२ औं सागमा उसुमा रजत पदक जितेका सिंजालीले सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको एसियन खेलकुदमा पनि भाग लिएका थिए । पदक जितेपछि गृहनगरले सम्मान गर्दा अझ खेल्ने उर्जा मिलेको सिंजालीले बताए ।

    प्रतिकृया दिनुहोस्