News Portal

  • मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

    १४१ पटक

    ओखलढुङगा । सुनकोशी गाउँपालिका ३ स्थित सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

    सोमबार राति साढे १० बजे बा ६५ प ७४७३ नम्बरको मोटरसाइकल मानेभञ्ज्याङबाट सुनकोशी गाउँपालिकाको बलखुतर्फ जानेक्रममा दुर्घटना भएको हो ।

    दुर्घटनामा स्थानीय ४५ वर्षिय शेरबहादुर मगरको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भई बाटोबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।

    घटनाकाबारे प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट प्रहरीको टोली खटिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्