News Portal

  • स्कारपियोले राँगालाई ठक्कर दिँदा सदाको मृत्यु

    १५६ पटक

    सर्लाही । स्कारपियोले राँगोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    मंगलवार विहान मलंगवा नवलपुर सडक खण्ड अन्तर्गत हरिपुर नगरपालिका ६, लक्ष्मिपुरमा हिडिरहेको राँगालाई ठक्कर दिँदा ना ३८ प ८३२८ नम्बरको स्कारपियो सडकमै पल्टिएको हो ।

    दुर्घटनामा परी मृत्यु हुने भारतीय नागरिक ४० वर्षिय प्रमोद सदा हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस्