News Portal

  • ७५ हजार घुससहित नापी सर्वेक्षक पासवान पक्राउ

    १४८ पटक

    वीरगञ्ज । नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवान ७५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयका प्रहरी नायब उपरीक्षक केशव भट्टराई नेतृत्वको टोलीले नापी कार्यालय अन्तर्गत २ नं. नापी टोलीको कार्यालय वीरगञ्जबाट सोमबार पक्राउ गरेको हो ।

    अख्तियारका अनुसार, वीरगञ्ज ९, रानीघाटस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक पासवानले जग्गा हाल साबिक गरी पुन ः नापी जग्गाधनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस मागेका थिए ।

    उनले घुस मागेको सूचनापछि स्ट्रिड अप्रेसन गरेको अख्तियारको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्