News Portal

सामूहिक बलात्कार गर्ने २ जना पक्राउ

१२२ पटक

सिरहा । गोलबजारमा एक युवतीमाथि गए राति सामूहिक बलात्कार भएको छ ।

बलात्कार आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिकाका सुरेशकुमार यादव र गोलबजार नगरपालिकाका सन्तोष महतोलाई पक्राउ गरेको छ ।

मोवाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । सिरहाका १९ वर्षिय ती युवतीलाई मोबाइल चार्ज गर्ने नाममा कोठाभित्र लगेर जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ ।

घटनापछि सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेका प्रहरीले युवतीलाई उद्धार गरी दुवै जनालाई पक्राउ गरेको थियो । पीडित युवती र दुवै युवकको राति नै स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्