News Portal

  • जावलाखेल र ‘एनआरटी’को बराबरी अंक

    २५४ पटक

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् ।

    पाँचौं चरणको सोमबार दशरथ रंगशालामा भएको पहिलो खेलमा जावलाखेल र एनआरटीले गोलरहित बराबरी खेलेका हुन् । खेल बराबरीपछि दुवै टोलीले एक एक अंक जोडे ।

    जावलाखेल ९ अंकसहित लिग तालिकाको चौथो स्थानमा छ । समान अंक नै भए पनि त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा रहेको छ ।
    दोस्रो स्थानको मच्छिन्द्र क्लबको ९ अंक छ भने शीर्ष स्थानको मनाङ-मर्स्याङ्दीको १० अंक रहेको छ ।

    प्रतिकृया दिनुहोस्