News Portal

  • नेकपाको मुस्लिम संगठनमा विवाद

    ४७८ पटक

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन मुस्लिम संगठन नेपालमा विवाद देखिएको छ ।

    पूर्वएमालेको भातृसंगठन मुस्लिम इतिहासिक संगठन र पूर्वमाओवादी केन्द्रको भातृसंगठन मुस्लिम मुक्ति मोर्चा नेपालको एकता प्रक्रिया कार्यक्रममा सोमबार असन्तुष्ट पक्षले विरोध गर्दा विवाद देखिएको हो ।

    कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आउने तय भएपनि विवाद बढेपछि ढिलो गरी महासचिव विष्णु पौडेल सहभागी भएका थिए । असन्तुष्ट पक्षले महासचिव पौडेललाई असहमतिसहितको ज्ञापनपत्र बुझाएर कार्यक्रम बहिस्कार गरेका थिए ।

    पूर्वएमालेको तर्फबाट ५७ र पूर्वमाओवादी केन्द्रको तर्फबाट ४३ प्रतिशतको भागबन्डामा एकता गर्ने सहमति भए पनि एकता प्रक्रियाका संयोजक सेराज फारुकी र सहसंयोजक अत्तर हुसेन फारुकीले मापदन्डविपरीत काम गरेको भन्दै पूर्वसांसद जाकीर हुसेनलगायत ४० जनाले शपथ ग्रहण बहिस्कार गरेका थिए ।

    बहिस्कारपछि पनि एकता प्रक्रियालाई निरन्तरता दिइएको थियो । केन्द्रीय समितिमा मनोनीतहरुलाई महासचिव पौडेलले शपथ गराए ।

    प्रतिकृया दिनुहोस्