News Portal

  • ‘नेवा : ताम्सालिङ’ नाम राख्न माग गर्दै विरोध प्रदर्शन

    ३१० पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती राखेको भन्दै विरोध प्रदर्शन भएको छ ।

    बागमती नामले प्रदेश ३ को पहिचानको नहुने भन्दै नेवार संघ संगठन, नेपाल आदिवासी जनजाति महासंघलगायतले काठमाडौंको माइतीघर मण्डलामा विरोध जनाएका हुन् ।

    उनीहरुले सरकार पञ्चायतकालीन युगतर्फ जान लागिरहेको भन्दै प्रदेश ३ को ऐतिहासिक सांस्कृति पहिचानलाई समेटने गरी ’नेवास् ताम्सालिङ’ राख्न माग राखेका छन् ।

    उनीहरुले नेकपा सचिवालयले प्रदेश सरकारको अधिकार हनन गरेको भन्दै प्रदेशको नामाकरण आफूहरुलाई मान्य नहुने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्