News Portal

  • १ अर्ब ८० करोड बराबरको म्युच्युअल फण्ड

    २१७ पटक

    काठमाडौं । शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला २ सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएको छ ।

    नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैङ्क र लक्ष्मी बैङ्कको प्रवद्र्धनमा ती योजना आउन लागेका हुन् । ती योजना कूल १ अर्ब ८० करोड बराबरको छ ।

    ‘सानिमा लार्ज क्याप फण्ड’ नाम दिइएको सानिमा बैङ्कको सामूहिक लगानी कोष योजना १ अर्ब बराबरको छ । योजनामा कूल १० करोड एकाइ बिक्री गरिनेछ ।

    यस्तै लक्ष्मी बैंकले प्रवद्र्धन गरेको ‘लक्ष्मी उन्नती कोष’ योजना ८० करोड बराबरको छ । योजनामा कूल आठ करोड एकाइ बिक्री गरिनेछ ।

    ती योजना हाल बोर्डले अध्ययन गरिरहेको छ । छिट्टै बिक्रीका लागि अनुमति दिइने बोर्डले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जमा हाल १९ वटा सामूहिक लगानी कोषको कारोबार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्