News Portal

  • हेटौंडालाई स्थायी राजधानी कायम गर्न प्रदर्शन

    २७३ पटक

    हेटौंडा । प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुनु पर्ने भन्दै हेटौंडामा प्रर्दशन भएको छ ।

    मकवानपुर जिल्लामा सक्रिय रहेका राजनीतिक दलका युवा संगठनहरू, विभिन्न युवा क्लबहरू, पेशागत संघ संगठनहरू, सामाजिक सञ्जालहरूको समूहले सोमबार हेटौंडामा दबाबमूलर्क यालीसहित प्रदर्शन गरेको हो ।

    ’प्रदेशबासीको जीत हेटौंडामा राजधानी उचित’ भन्ने नारासहित हेटौंडाको बुद्धचोकबाट सुरु भएको दबाबमूलर्क याली हेटौंडा बजार परिक्रमा गर्दै हेटौंडा १० स्थित प्रदेशसभा सचिवालयमा पुगेर शान्तिपूर्ण ढंगले प्रदर्शन गरिरहेको छ ।

    ४ महिनापछि सुरु हुन लागेको प्रदेश सभाको वैठक लक्षित गर्दै दबाब समूहले अहिले प्रदेशसभाको बैठकमा सहभागी प्रदेशसभा सदस्यलाई प्रदेशको स्थायी राजधानी हेटौंडा कायम गर्नका लागि अनुरोध गर्दै स्वागत गरिरहेको छ ।

    र्यालीको संयोजन गरिरहेका जिल्ला युवा समिति मकवानपुरका सभापति सन्तोष चौलागाईँले हेटौंडामा दुई वर्षदेखि अस्थायी राजधानी भइरहेको अवस्थामा अब स्थायी हुनुपर्ने तर्क गरेका हुन् ।

    उनले हेटौंडामा भौतिक संरचना तयार भइसकेको र राजधानीको लागि सबै किसिमले उपयुक्त भएको भन्दै यहिँ हुनुपर्ने जिकिर गरे। यस्तै र्यालीमा सहभागी युवा व्यवसायी लिसेन बस्नेतले अहिलेको अवस्थामा राजधानी स्थायी राखेर प्रदेशको विकासतर्फ सरकार लाग्नु पर्ने तर्क गरेका छन् ।

    नेपाल तरुण दल मकवानपुरका सभापति समेत रहेका ईश्वर पाठकले हेटौंडामा राजधानी सबै हिसाबले उपयुक्त भएकोले राजधानी बनाउनु पर्ने बताए ।

    हेटौंडामा सक्रिय ३० भन्दा बढी युवा संस्थाहरूले संयुक्त रुपमा प्रदेश सभा सदस्यहरूलाई हेटौंडामा स्थायी राजधानी बनाउन आग्रह गर्दै विकास र समृद्धिको बाटोमा लाग्नुपर्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्