News Portal

  • एक युवतीको शव फेला

    १४७ पटक

    सर्लाही । एक जना युवतीको शव फेला परेको छ ।

    सोमबार वाग्मती नगरपालिका-५, टेकानीमा अन्दाजी २५ वर्षिय पूर्णिमा मोक्तान मृतावस्थामा भेटिएकी हुन् ।

    उनी ३ दिनअघि घरबाट हराएकी थिइन् । खोजी गर्ने क्रममा शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या गरिएको हुन सक्ने प्रहरीको भनाइ छ ।
    शव ‘पोस्टमार्टम’का लागि जिल्ला अस्पताल मलंगवा पठाइएको उनले जानकारी दिए । घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्