News Portal

  • सडक खन्ने क्रममा डोजर चालक वेपत्ता

    २३० पटक

    काठमाडौं । म्याग्दीको पश्चिमी क्षेत्र धवलागिरी गाउँपालिका-७ रानीवनमा सडक खन्ने क्रममा पहिरोले एउटा डोजर पुरिदा चालक वेपत्ता भएका छन् ।

    वेपत्ता हुनेमा धवलागिरी गाउँपालिका-४ खिवाङका ४० वर्षिय शेरबहादुर पुन रहेका छन् । हिलापोखरी देखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा सडक माथिबाट गएको पहिरोले पुरिँदा उनी वेपत्ता भएका हुन् । स्थानीय ताकम प्रहरी चौकीको टोलीले पुनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्