News Portal

  • नेकपा अध्यक्ष दाहाल र कांग्रेस सभापति देउवाको भेटवार्ता

    १९७ पटक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ ।

    भेटवार्ता सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनमा केन्द्रित थियो । सभापति देउवालाई भेट्न प्रचण्ड महासचिव विष्णु पौडेलसहित देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।

    त्यस क्रममा अध्यक्ष दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन छिटो गर्नुर्पयो भनेर परामर्श गरेका छन् । सभापति देउवाले आयोग गठन छिटो हुनुपर्ने आफ्नो पनि मत रहेको बताए ।

    उनले सरकारले ल्याएका मिडिया काउन्सिल लगायतका विवादास्पद विधेयक फिर्ता लिन पनि अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।

    प्रतिकृया दिनुहोस्