News Portal

  • इरान परमाणु सम्झौताबाट पूर्ण रुपमा बाहिरियो

    २२३ पटक

    काठमाडौं । इरानले सन् २०१५ मा भएको परमाणु सम्झौताबाट आफू पूर्ण रुपमा बाहिरिएको घोषणा गरेको छ ।

    तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा इरान र अमेरिकासहितका शक्ति राष्ट्रबीच परमाणु सम्झौता भएको थियो ।

    सम्झौता अनुसार इरानले आफ्नो परमाणु कार्यक्रम सीमित गर्ने र अमेरिकासहितका देशले उसमाथिको प्रतिबन्ध हटाउँदै लैजाने सहमति भएको थियो ।

    अमेरिकी हवाई आक्रमणमा इरानी उच्च सैन्य अधिकारी कासिम सुलेमानीको मृत्यु भएसँगै इरान र अमेरिकाबीचको सम्बन्ध पुन : चिसिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को मे मा अमेरिकाले सन् २०१५ मा भएको सम्झौता नमान्ने घोषणा गरेका थिए ।
    इरानले सो घोषणापछि सन् २०१५ मा मध्यपूर्वमा स्थायित्व र शान्ति स्थापना गर्ने भन्दै गरिएको सम्झौताको औपचारिक अवशान भएको ठानिएको छ ।

    प्रतिकृया दिनुहोस्