News Portal

  • एक वर्षसम्म ठेक्कामा भाग लिन नपाउने गरी रमण पप्पु जेभी कालोसूचीमा

    २२६ पटक

    काठमाडौं । ठेक्का लिएर काम नगरेपछि पप्पु र रमण कन्स्ट्रक्सनलाई सरकारले कालोसूचीमा राखेको छ ।

    प्रधानमन्त्री मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना जारी गर्दै पप्पु रमण जेभीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

    हुलाकी सडक निर्देशनालय टेकुको सिफारिसमा कालोसूचीमा राखिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयको गत शुक्रबारको बैठकले कालोसूचीमा राख्ने निर्णय गरेको जनाइएको छ ।

    दुवै कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो । उनीहरूले अब एक वर्षसम्म कुनै ठेक्कामा भाग लिन पाउने छैनन् ।

    सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ९१३० बमोजिम २०७६ साउन २१ देखि लागू हुने गरि कालोसूचीमा राखिएको छ।

    सार्वजनिक खरिद ऐन९२०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम दुवै ठेकेदार कम्पनीले एक वर्ष अवधिका लागि सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने भन्दै सम्बन्धित सबै सार्वजनिक निकायहरुमा जानकारी पठाइएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

    ठेक्का लिएर नारायणी पुल निर्माण नै सुरू नगरेपछि पप्पु९रमण ज्वाइन्ट भेञ्चरलाई कालोसूचीमा राखिएको हो। रमण९पप्पु जेभीले नारायणी पुल जेभी बनाएर २०६९ मा ठेक्का हात पारेका थिए ।

    डिजाइन एण्ड विल्ड प्रक्रियाबाट ठेक्का सम्झौता भएको थियो। यस्तो प्रक्रियाबाट पुल बनाउदा आयोजनाले दिएको स्पेसिफिकेशनका आधारमा ठेकेदार कम्पनी डिजाइन आफैंले गर्छ। आयोजनाबाट स्वीकृति लिएर निर्माण पनि आफैले गर्नुपर्छ ।

    ७ वर्ष बिते पनि काम नै सुरू नगरेपछि बाध्य भएर ठेक्का तोड्दै कालोसूचीमा राख्न सिफारिस गरिएको हुलाकी राजमार्ग आयोजनाका एक इन्जिनियरले बताए । काम सुरू गर्न पटक पटक ताकेता गर्दा पनि काम गर्न नमानेको आयोजनाका अधिकारीहरूको आरोप छ ।

    प्रतिकृया दिनुहोस्