
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका९, निलबाराही बस्ने सुरेश श्रेष्ठको निलबाराही रिसोर्टमा जुवातास खेलिरहेका उनीहरूलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले नगरपालिका-७ का ३७ वर्षिय उमेशलगायत १४ जनालाई ६ लाख ८४ हजार १ सय २० नेपाली रुपैयाँ, ७ हजार ६ सय ६० भारतीय रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
