News Portal

  • अष्ट्रेलियामामा पानी परेपछि खुशीयालीसँगै चेतावनी

    २१० पटक

    काठमाडौं । अष्ट्रेलियामा पानी परेसँगै तापक्रममा गिरावट आएको छ ।

    तर अधिकारीहरुका अनुसार आगो भने बन्द नभई अझ उग्र हुनेछ । साउथ वेल्सको केही भागदेखि सिड्नीसम्म नै पानी परेपछि केही राहत भएको छ ।

    पानीसँगै बिहीबार तापक्रम अत्यधिक बढ्ने अधिकारहिरुले चेतावनी दिएका छन् । उनीहरुले भिक्टोरिया र न्यू साउथ वेल्समा डढेलोले उग्र रुप लिने जानकारी समेत दिएका छन् ।

    डढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार खाना आपूर्ति गरिरहेका छन् । यस हप्ता डढेलोका कारण थप सयौं सम्पत्ति विनास भएका छन् ।

    यद्यपि, सोमबारदेखि मौसम परिवर्तन भएसँगै डढेलो प्रभावित क्षेत्रबाट कुनै आपतकालीन चेतावनी आएका छैनन् । तर, भिक्टोरिया इमर्जेन्सी म्यानेजमेन्ट कमिश्नर एन्ड्रू क्रिस्पले चेतावनी दिँदै भने, ‘तापक्रम बढ्नेछ र डढेलो पुनः सक्रिय हुनेछन् ।’

    प्रतिकृया दिनुहोस्