News Portal

  • डा.गुणराज लोहनी मन्त्रालयमा तानिए

    ३४० पटक

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकलले मन्त्रालय सम्हालेपछि पहिलो पटक कर्मचारीको सरुवा गरेका छन् ।

    उनले कोशी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रहेका ११ औँ तहका डा गुणराज लोहनीलाई काजमा मन्त्रालय तानेर उनको सरुवा गरेका छन् ।

    डा.लोहनीलाई अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको हो । डा.लोहनीलाई मन्त्रालयमा सरुवा गरे पनि हालसम्म कुनै पनि महाशाखाको जिम्मेवारी भने दिएको छैन ।

    तर, १२ औँ तहको बढुवाको प्रमुख दाबेदार रहेका लोहोनीलाई हाल काजमा तानेर मन्त्रालयमै राख्ने र छिट्टै १२ औँ तह बढुवा भएपछि कुनै महाशाखाको जिम्मेवारी दिने तयारी भएको मन्त्रालय स्रोतले बताएको छ ।

    यस्तै, डा. लोहनीको सरुवा भएपछि कोशी अस्पतालमा सोही अस्पतालका वरिष्ठ चिकित्सकले निमित्तको जिम्मेवारी पाएका छन् । डा.लोहनी १२ औं तहमा बढुवा हुने कर्मचारीको सूचीमा समेत छन् ।

    डा.लोहनीलाई गत भदौमा कोशी अस्पतालमा पठाइएको थियो । त्यसअघि उनी स्वास्थ्य सेवा विभागका महानिर्देशक थिए ।

    प्रतिकृया दिनुहोस्