
मुगु । छयानाथ रारा नगरपालिका १४ बाम रोल्का गाउँमा शनिबार राति आगलागी भएको छ ।
आगलागीमा दुई घर, पशुचौपाया र फलफूललगायत जलेर नष्ट भएका छन् । आगलागीमा दानबहादुर बढुवाल र तीर्थबहादुर बुढाको घर पशुचौपाया र फलफूल जलेर नष्ट भएको हो ।
राति एक्कासि आगलागी भएको र आगलागीमा परी स्थानीय दानबहादुर बढुवाल र तीर्थ बुढाको घरसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ ।
आगलागी के कसरी भएको भन्ने यकिन भएको छैन । आगलागी भएको स्थान सदरमुकाम गमगढी बाट ४ घण्टाको दूरीमा पर्छ । आगलागीको जानकारी आइतबार मात्रै आएकाले सो घटनाको जाँचबुझ गर्न प्रहरी घटनास्थल आजै मात्रै गएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।
सम्बन्धित घटनाको जाँचबुझपछि मात्र क्षतिको विवरणबारे भन्न मिल्ने प्रहरी नायव उपरीक्षक साहाको भनाइ छ ।
यसैबीच आगलागीपछि थाहाखबरलाई जानकारी दिँदै आगलागीपीडित दानबहादुर बढुवा र तीर्थ बुढाले शनिबार आगलागी भएको बताउँदै दानबहादुर बुढाका ७० बाख्रा र १५ क्विन्टल स्याउ,२० हजार नगद, अन्नपात लत्ता कपडा, भाँडाबर्तन, नागरिकतालगायत महत्वपूर्ण कागज जलेको बताएका छन् ।
त्यस्तै, तीर्थ बुढाको ९० हजार नगद, १५ क्वीन्टल स्याउ, ,१० वटा कुखुरा , ५ वटा १४० लिटर डिजेल, खरायो, अन्नपात लत्ता कपडा, भाँडाबर्तन जलेर नष्ट भएका आगलागी पीडितले जानकारी दिए ।
