News Portal

  • गौरीगंगामा मोटरसाईकल दुर्घटना २ जना घाईते

    ३४७ पटक

    कैलाली । मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते भएका छन् ।

    पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गौरीगंगा नगरपालिका ६ मा शनिबार राती से ५ प ६२९५ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा २ जना घाईते भएको प्रहरीले जनाएको छ ।

    घाईते हुनेमा मोटरसाईकल चालक धनगढी उपमहानगरपालिका ३ चौराहका दीपक शर्मा र पछाडी सवार दिनेश सिंह रहेका छन् ।

    चालक शर्माको टाउकोमा चोट लागेको छ भने सिहको अवस्था समान्य रहेको छ । दुवै जनाको धनगढीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्