News Portal

  • गिजरमा नुहाउँदा एक किशोरीको मृत्यु

    २८९ पटक

    काठमाडौं । गिजरमा नुहाउने क्रममा ललिलतपुरमा एक किशोरीको ज्यान गएको छ ।

    ललितपुरको सातदोवाटोमा रहेको सरिबा गल्स होष्टेलमा नुहाउने क्रममा बेहोश भएकी पर्सा जिल्ला बीरगंज घर भएकी १९ वर्षिय जोनित चौहानको मृत्यु भएको छ ।

    नुहाउने क्रममा अचानक बेहोश भएपछि उनलाई पाटन अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा उनको ज्यान गएको हो ।
    घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

    प्रतिकृया दिनुहोस्