News Portal

  • दीपक १ करोड रुपैंयासहित पारे पक्राउ, ५ अर्ब लुट्ने योजना असफल

    ३८६ पटक

    काठमाडौं । कृषि विकास बैंङ्क ह्याक गरेर एक करोड रुपैंया लिएर फरार भएका दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।

    मोरङ्गको रङ्गेली नगरपालिका-२ का ४२ वर्षिय दीपकलाई माहनगरीय प्रहरी अपराध महाशाखाको टोलीले पुष १८ गते पक्राउ गरेको हो । उनले नाइजेरियन र भारतीय नागरिकसँगहरु मिलेर बैङ्क तथा वित्तीय संस्थाहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी लुट्ने योजना बनाएका थिए ।

    सोही योजना अनुसार विभिन्न नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैङ्क ह्याक गरी रकम निकालेका थिए । महाशाखाका अनुसार उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको छ ।

    कृषि विकास बैङ्कको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मुलका काले भनिने पिटर रहेको प्रहरीले जनाएको छ । नेपालका बैङ्कहरुबाट ५ अर्ब नेपाली रुपैयाँ निकाल्ने योजना नै पिटरको रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । यसअघि यस प्रकरणमा १६ जनालाई पक्राउ गरिसकेको छ ।

    कृषि विकास बैङ्क श्रोतका अनुसार बैङ्कको लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा रकम ट्रान्सफर गरिएको थियो । ७ जना व्यक्तिका नाममा करिब ४ करोड रुपैयाँ ट्रान्सफर गरिएको थियो ।

    जसमध्ये डेढ करोडभन्दा बढी रुपैयाँ उनीहरुले निकालिसकेका थिए भने बाँकी रकम निकाल्ने क्रममा २ जना पक्राउ परेका थिए ।

    प्रतिकृया दिनुहोस्