News Portal

  • नक्कली भारतीय नोटसहित देवान पक्राउ

    १९५ पटक

    पर्सा । प्रहरीले वीरगञ्जबाट नक्कली भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका-८ स्थित बसपार्कमा रहेको प्याराडाईज होटलबाट २९ वर्षिय रियाज देवानलाई पक्राउ गरेको हो ।

    शनिबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले देवानको साथबाट २ हजारका ३ थान गरी ६ हजार नक्कली भारतीय रुपियाँ बदामद गरेको छ ।

    देवानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्