काठमाडौं । प्रहरीले ४ राउन्ड गोली प्रहार गरी ३२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहारका ३७ वर्षिय दिलीपकुमार सिंह, १८ वर्षिय उज्वलकुमार ठाकुर र रौतहटको यमुनामाई गाउँपालिका ४ का २४ वर्षिय विकाश सिंह रहेका छन् ।
डिएल ३ सिएक्यु ४१७२ नं.को भारतीय नम्बर प्लेटको कारको सिटमुनी फल्स बटम बनाई चार पोकामा लुकाई ल्याएको गाँजासहित उनीहरु पक्राउ परेका हुन्।
प्रहरीका अनुसार हेटौंडा १५ रातोमाटे र चुरियामाईबीचको जंगलबाट उनीहरुलाई शनिबार पक्राउ गरिएको हो ।
