News Portal

  • राष्ट्रियसभा सदस्य निर्वाचनः आज मनोनयन पत्र दर्ता, यी हुन् कार्यकाल सकिन लागेका सदस्यहरु  

    ३३४ पटक

    काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि आज मनोनय पत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार आज उम्मेदवारले मनोनय पत्र दर्ता गर्दैछन् ।

    माघ ९ गते हुने निर्वाचनका लागि आज अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम हुनेछ । राष्ट्रिय सभाका एक तिहाई सदस्यको लागि हुन लागेको निर्वाचन राजनीतिक दलहरुलाई चुनाव लागेको छ ।

    ५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एकजना सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुनेछ ।

    उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भइसकेको छ ।
    उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

    महिला, दलित वा अल्पसंयक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।

    प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचन मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि पेश गर्नुुपर्ने आयोगले जनाएको छ ।

    राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्नेे कानूनी व्यवस्था छ । उम्मेदवार मनोनयनपत्र दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जानकारी दिएको छ ।

    यी हुन् कार्यकाल सकिन लागेका राष्ट्रियसभा सदस्यहरुः 

    पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरूमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे र बलरामप्रसाद बाँस्कोटा रहेका छन् ।

    यस्तै मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पनि कार्यकाल पूरा हुँदैछ ।

    प्रतिकृया दिनुहोस्