News Portal

इरानका ५२ स्थानमा आक्रमण गर्छौः ट्रम्प

१७८ पटक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हमला गर्ने चेतावनी दिएका छन् । इरानी सेनाका उच्च अधिकारीको इराकमा हत्या गरेको अमेरिकाले इरानमै आक्रमण गर्ने चेतावनी दिएको हो ।

इराकको बग्दादस्थित विमान स्थलमा हवाई आक्रमण गरी इरानी सेनाका उच्च अधिकारी कासिम सुलेमानीको हत्या गरेको अमेरिकाले अब इरानमै आक्रमण गर्ने धम्की दिएको छ ।

आफ्ना उच्च सैनिक अधिकारीको हत्यापछि इरानले अमेरिकालाई विश्व आतंकवादी भन्दै बदला लिने चेतावनी दिएको थियो । सुरुमा राष्ट्रपति ट्रम्पले यो युद्धलाई रोक्न गरिएको कारवाही भएको प्रतिक्रिया दिएका थिए भने त्यसको भोलिपल्ट इरानमाथि नै आक्रमण गर्ने चेतवानी दिएका छन् । इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने ट्रम्पले भनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

इरानको चेतावनीबाट ट्रम्प डराएर पछिल्लो धम्की आएको बताइएको छ । उनले अमेरिकी जनता र सम्पत्तिमाथि आक्रमण भए इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने बताएका छन् । ट्रम्पले ट्विटरमा मार्फत आफ्नो भनाई सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, “आफ्ना सैन्य कमान्डरको मृत्युपछि इरानले अमेरिकी सम्पत्तिमाथि निशाना बनाउनेबारे साहसपूर्वक कुरा गरिरहेको छ । यदि त्यसो भएमा इरानका ५२ क्षेत्र अमेरिकाको तारो बन्ने छन् ।”

त्यस्ता ५२ क्षेत्र इरानले केही वर्ष पहिले नियन्त्रणमा लिएका आफ्ना नागरिकहरूको प्रतिनिधित्व हुनेगरी सूचीकृत गरिएको ट्रम्पको भनाइ छ ।

शुक्रबार इराकको बग्दादस्थित विमानस्थलमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी इरानी सैन्य कमान्डर सुलेमानी मारिएका थिए । केही घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस्