News Portal

  • प्रतिबन्ध र बर्षाको बेवास्ता गर्दै नेकपाद्वारा कालिकोटमा एमसीसीविरुद्ध सभा

    २३२ पटक

    कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कालीकोटले जिल्लामा जनसभा तथा साँस्कृतिक कार्यक्रम गरेको छ । प्रतिबन्ध र केही दिनदेखिको वर्षासहितको हिउँ पर्ने मौसमको बेवास्ता गर्दै नेकपाले जिल्लामा साँस्कृतिक कार्यक्रमसहितको जनसभा सम्पन्न गरेको ।

    सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौताविरुद्ध केन्द्र पार्टीले घोषणा गरेका संघर्षका कार्यक्रमअनुसार नै जिल्लामा विरोधसभा गरेको नेकपा कालिकोटले जनाएको कछ । कार्यक्रममा जनवादी साँस्कृतिक प्रस्तुती प्रस्तुत गरिएका थिए । गीतबाट पनि एमसीसी सम्झौताको विरोध गरिएको थियो ।

    जिल्ला नेता बसन्तको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी रणदीपले एमसीसी सम्झौता नेपाल र नेपालीको हितमा नभएको भन्दै त्यो खारेज गर्नुपर्ने बताएका थिए । “यो सम्झौता नेपाल र नेपालीको हितमा छैन । सरकारले अमेरिकासँग झुकेर अर्को राष्ट्रघात गरेको छ । राष्ट्रघाती यो कुनै पनि हालतमा कार्यान्वन हुन दिँदैनौं” सभालाई सम्बोधन गर्दै रणदीपले भने ।

    सरकारले सम्झौता नेपालको हितमा भएको भन्दै जनतालाई मुर्ख बनाइरहेको भन्दै त्यसविरुद्ध आफ्नो पार्टीले देशव्यापी रुपमा संघर्ष गरिरहेको बताए ।

    प्रतिकृया दिनुहोस्