News Portal

  • स्कुटरको ठक्करबाट कन्टेनर सहचालकको मृत्यु

    २४५ पटक

    काठमाडौं । अरनिको राजमार्ग अन्तरगत पर्ने भक्तपुरको स्कुटरको ठक्करबाट कन्टेनर सहचालकको मृत्यु भएको छ ।

    काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेकोे बा ९२ प ३४०९ नं.को स्कुटरले ठक्कर दिँदा कन्टेनर सहचालक भारत फरकुवावादका २५ वर्षिय नरेन्द्र पालको मृत्यु भएको हो ।

    उनी एनएल ०१ एडी ५९१८ नम्बरको कन्टेनरका सहचालक हुन् । कन्टेनर गाडी पछाडि सार्ने क्रममा ठाउँ माग्दै गर्दा पाललाई स्कुटरले ठक्कर दिएको हो ।

    उनको डा.इवामुरा मेमोरियल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । ठक्कर दिने स्कुटर चालक सूर्यविनायक नगरपालिका-९ नलिनचोक बस्ने ३८ वर्षिय वसन्त देउजालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्