News Portal

  • टिपरको ठक्करबाट एक महिलाको मृत्यु

    १२५ पटक

    जनकपुरधाम । टिपरको ठक्करले जनकपुरधाममा एक महिलाको मृत्यु भएको छ ।

    जनकपुरधाम-७ स्थित पगलाबाबा धर्मशालानजिकै टिपरले ठक्कर दिएपछि जनकपुरधाम उपमहानगरपालिका(६ बस्ने ४५ वर्षिय सुधादेवी ठाकुरको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार मन्दिरमा पूजा गरेर फर्किँदै गरेकी उनलाई शनिबार दिउसो ना १ क ४५०९ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा जानकी हेल्थ केयर सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्