News Portal

स्पेनिस ला लिगामा ४ खेल हुँदै

२२६ पटक

काठमाडौं । आज स्पेनिस ला लिगा फुटबल अन्तर्गत ४ खेल हुँदैछ ।

साविक विजेता बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिडलगायतका क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

रियल मड्रिडले गेटाफेसँग उसैको मैदानमा राति ८ : ४५ बजे खेल्दैछ । गेटाफेविरुद्ध जित निकाल्दै रियल शीर्ष स्थानको बार्सिलोनाविरुद्ध दबाब कायम राख्न चाहन्छ ।

यस्तै गेटाफेलाई हराउन सके रियल केही घण्टाको लागि शीर्ष स्थानमा उक्लनेछ । लिग लिडर बार्सिलोनाले स्पानियोलसँग उसैको मैदानमा राति १ः४५ बजे खेल्नेछ । लिगको पुछारमा रहेको टिमविरुद्ध जित निकाल्दै बार्सिलोना शीर्ष स्थान कायम राख्ने योजनामा हुनेछ । एथ्लेक्टिको मड्रिडले घरेलु मैदानमा लेभान्टेसँग खेल्नेछ ।

अर्को खेलमा भ्यालेन्सिया र इबर भिड्ने छन् । तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३९ अंक छ भने दोस्रो स्थानको रियलले १८ खेलमा ३७ अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस्