News Portal

  • कालिञ्चोक मन्दिर जाँदै गरेको जिप दुर्घटना ७ जना घाइते

    १४१ पटक

    सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका-७ स्थित लामो साँघु जिरी सडक खण्डको ६ किलोमा शनिबार बिहान बलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

    घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौं लगिएको र अरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिएका छन् ।

    काठमाडौंको सितापाइलाबाट दोलखाको कालिञ्चोक मन्दिर जाँदै गरेको बा २ च६९६५ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो । सोही ठाउँमा गएको मंसिर २९ गते बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।

    प्रतिकृया दिनुहोस्