News Portal

  • आफ्ना सैनिक जनरल हत्या पछि इरानले भन्यो-अमेरिका अन्तर्राष्ट्रिय आतंकवादी हो, बदला लिन्छौं

    १९९ पटक

    काठमाडौं । इरानले अमेरिका अन्तर्राष्ट्रिय आतंकवादी भएको बताएको छ । आफ्ना सैनिक जनरलको हत्याबाट आक्रोसित बनेको इरानले अमेरिका अन्तर्राष्ट्रिय आतंकवादी भएको भन्दै हत्याको बदला दिने चेतावनी दिएको छ ।

    इराकको राजधानी बग्दादमा अमेरिकाले मानवरहित विमानबाट आक्रमण गरी इरानी सेनाको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेको थियो ।

    मध्यपूर्वमा शान्ति स्थापनाबारे छलफल गर्न बगदाद पुगेका सुलेमानीलाई लक्षित गरेर गरिएको आक्रमणबाट इराक पनि अमेरिकासँग आक्रोसित बनेको छ । उसले अमेरिकाका आक्रमणको निन्दा गरेको छ ।

    इरानका शक्तिशाली व्यक्तिमध्ये एक ६२ वर्षिय सैन्य जनरल सुलेमानी मध्यपूर्वको राजनीतिक अवस्थाका विशेष जानकार हुन् ।

    यसैबीच विश्व बजारमा कच्चा तेलको अभाव देखिएको छ । बदलाको लागि इरानले चाल्न सक्ने सम्भावित प्रतिक्रियावाट तेल बजार सशंकित बनेको छ । इरानले कुनै पनि कदम चालेमा विश्व तेल उत्पादनमा भने असर पर्ने देखिन्छ । तर, अहिलेसम्म इरानले कुनै सैन्य वा अन्य कदम चालिसकेको छैन । विश्व तेल उत्पादनको ३० हिस्सा मध्यपूर्वले ओगट्ने गरेको छ ।

    सन् २०१८ मा इरानसँगको पारमाणिक सम्झौताबाट अमेरिका बाहिरिएपछि दुई मुलुकबीच तनाब शुरु भएको थियो । अमेरिकाले इरानविरुद्ध पुनः प्रतिबन्ध लगाउदा इरानी अर्थव्यस्थामा असर परेको थियो ।

    प्रतिकृया दिनुहोस्