News Portal

  • ‘सुरक्षाकर्मीमाथि फाइरिङ गर्ने नीति छैन, सुर्खेतमा हाम्रो तर्फबाट गोली चलेको छैन’

    ६९७ पटक

    काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायविरुद्ध हतियार उठाउने र फाईरिङ्ग गर्ने आफ्नो नीति नभएको बताएको छ । उसले सुर्खेतमा आफ्ना कार्यकर्ताबाट सुरक्षाकर्मीमाथि फाइरिङ भएको वा दोहोरो भिडन्त नभएको बताएको छ ।

    बुधबार सुर्खेतमा प्रहरी र नेकपा कार्यकर्ताबीच दोहोरो भिडन्त भएको भन्दै संचारमाध्यमहरुमा समाचार आएको थियो । उक्त समाचारमा भनिएजस्तो आफ्नो तर्फबाट फाइरिङ नभएको नेकपाले बताएको छ ।

    नेकपाका भेरी–कर्णाली ब्यूरो इन्चार्ज रवीले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका कार्यकर्ता विश्वासलाई गिरफ्तार गएको टोलीसँग परिवार र जनताले प्रतिकार गर्दा प्रहरीले एकतर्फी गोली चलाएको उल्लेख गरेका छन् । उनले निःशस्त्र जनतालाई शसस्त्र सेना देख्नु पराजयको मानसिकता भएको भन्दै हल्ला चलाएर देशलाई गृहयुद्धतिर धकेल्न खोजेको आरोप लगाए ।

    आफ्नो कार्यकर्तासँग कुनै पनि हतियार नभएको बताउँदै एकहोरो फाइरिङ गरेर दोहोरो भिडन्त भनिएको उक्त घटनाको स्वतन्त्र रुपमा छानविन गर्न समेत माग गरेका छन् । उनले घटनाको बास्तविकता अध्ययनको लागि मानवअधिकारकर्मी, पत्रकार नागरिक समाजसँग अनुरोध गरेका छन् ।

    प्रतिकृया दिनुहोस्