News Portal

  • बिरेन्द्रनगरमा रावा बैंकको कर्णाली प्रादेशिक कार्यालय सञ्चालन

    २७५ पटक

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतको बिरेन्द्रनगरमा सञ्चालन भएको छ ।

    कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ताम्रपत्र अनावरण गर्दै एक समारोहका बीच शुक्रबार कार्यालयको उदघाटन गरेका छन् ।

    सो अवसरमा मुख्यमन्त्री शाहीले बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको प्रदेश सरकारको कार्यक्रम रावा बैंकको शाखा कार्यालय मान्माबाट केही दिन अगाडि शुरु गरेका थिए ।

    यो कार्यक्रम कर्णाली प्रदेश भरिका बैंकका सबै शाखाबाट शुरु गरिने उनले बताए । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले बैंकहरुले सरकारी नीति नियमलाई प्राथमिकताका साथ लागु गर्नुपर्ने बताए ।

    कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले तीनै तहका सरकारलाई बैकले प्राथमिकताका साथ वित्तीय सेवा दिईरहेको र बैकको कर्णाली प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले स्वागत मन्तब्य तथा ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।

    बिरेन्द्रनगर नगरपालिका सुर्खेतका मेयर देबकुमार सुवेदी, कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारी, नेपाल राष्ट्र बैंकका व्यवस्थापक सालिकराम पोखरेल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, बैंकका ५ नम्बर प्रादेशिक प्रबन्धक आनन्द सुवेदी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, प्रहरी, कर्मचारीहरु कार्यक्रममा उपस्थिति रहेका थिए ।

    प्रतिकृया दिनुहोस्