News Portal

गौरीगंगामा ट्रकले अटो रिक्सालाई ठक्कर दिंदा ७ जना घाईते

२३१ पटक

कैलाली । गौरीगंगामा अटो रिक्सालाई ट्रकले ठक्कर दिदा ७ जना घाईते भएका छन् ।

गौरीगंगा नगरपालिका ९ शंकरपुर स्थित पश्चिमबाट पुर्व तर्फ आईरहेको से १ ह १५०५ नम्वरको अटोलाई बिपरीत दिशाबाट गईरहेको ना ६ ख ८०२६ नम्बरको ट्रकले ठक्कर दिदा ७ जना घाईते भएका हुन् ।

घाईते हुनेमा अटो चालक घोडाघोडी नगरपालिका ३ का मनिराम चौधरी, सोही ठाउँका रबिन चौधरी, अरुण चौधरी, मनिराम थारु, आशिष चौधरी, बिपिन चौधरी र गौरीगंगा नगरपालिका १० बस्ने सम्झना रहेका छन । उनीहरुको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको छ ।

प्रतिकृया दिनुहोस्