News Portal

वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण प्रभावित

१२२ पटक

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण पानीले प्रभावित भएको छ ।

वर्षाका कारण भिजिबिलिटी कम हुँदा उडान र अवतरण प्रभावित भएको हो । वर्षासँगै मौसम धुुम्मिएकाले आन्तरिक र बाह्य उडान अवतरण प्रभावित भएको विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।

उनका अनुसार आन्तरिकतर्फ केहीबेर कुनै उडान र अवतरण हुन सकेको थिएन भने बाह्य उडानका विमानलाई डाइभर्ट गरिएको थियो । एयर चाइनालाई छेन्दु, थाई एयरवेजलाई कलकत्ता, कतार एयरवेज र चाइना सदनलाई ढाका र सिचुवानका विमानलाई लासामा डाईभर्ट गरिएको छ ।

अहिले पनि अवतरणको पर्खाइमा केही जहाज आकाशमा घुमिरहेका छन् । उडानका लागि कम्तीमा पनि भिजिबिलिटी १३ सय मिटर आवश्यक पर्छ । तर केहीबेर भिजिबिलिटी ८ सय मिटर मात्रै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साना विमानका लागि १३ सयदेखि माथि र ठूला विमान उडान अवतरणका लागि २ हजार मिटर भन्दा माथिको भिजिविलिटी आवश्यक पर्छ । अहिले भर्खरै भने मौसममा सुधार भएका कारण उडान र अवतरण सुरु भएको विमानस्थलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्