News Portal

  • चीनले बनायो विश्वको हाईस्पीड ट्रेन ३५० किमि १ घण्टामै पार

    ४३६ पटक

    काठमाडौं । चीनले नयाँ-नयाँ कुराको विकास गर्ने क्रममा एक घण्टामै ३५० किमि दौडने ट्रेन बनाएको छ ।

    पछिल्लो समय चीनले अहिलेसम्मकै सबैभन्दा छिटो दौडने ट्रेनको विकास गरेको छ । चिनियाँ सञ्चार माध्यमले जनाएअनुसार चीनले हालै सञ्चालनमा ल्याएको ट्रेन प्रति घण्टा ३५० किमीको स्पीडमा दौड्छ ।

    विश्वकै पहिलो हाईस्पीड ट्रेनले सोमबार बेजिङ्गदेखि झांगजियासम्मको १७४ किमी दुरी १० स्टप सेन्टरसहित जम्मा ४७ मिनेटमा पुरा गरेको थियो ।

    ट्रेनमा ५ जी नेटवर्कको सिग्नल, चार्जिङ सेवा, स्मार्ट लाइटिंगलगायतका सबै खालका सुविधा रहेको छ । अहिलेसम्मकै विकास भएका प्रविधिको प्रयोगसमेत गरिएको उल्लेख छ ।

    ट्रेनमा जीपीएस सिस्टको पनि प्रयोग गरिएको जनाइएको छ । ट्रेन खासगरि २०२२ मा हुने शीतकालीन ओलम्पिकको लागि विकास गरिएको हो ।
    शीतकालिन ओलम्पिकका खेलहरु बेजिङ्ग र झांगजिया दुवै शहरमा गराउने योजना छ । दुवै शहर खेलाडीहरुलाई आवत जावतका लागि ट्रेनको प्रयोग उपयुक्त हुनेछ ।

    चीनले बनाएको हाई-स्पीड ट्रेन स्वचालित खालको हो । यस ट्रेन चलाउनको लागि कुनै अपरेटरको आवश्यकता पर्दैन । केवल एक व्यक्ति सञ्चालन कक्षमा हुने र आपतकालिन स्थितिमा ध्यान दिने गर्दछ ।

    ट्रेनको सञ्चालन तथा मर्मतको काम रोबोटले गर्ने गर्दछ । चाइना रेलवे सेवा गु्रप परियोजनाका इञ्जिनियर दि केमेंगले ट्रेनमा सबैखालका नयाँ प्रविधि र मेशिनहरुको प्रयोग भएको बताएका छन् ।

    उनले ट्रेनभित्र र बाहिर सबैखालका सेवा रोबोटले नै गर्ने बताए । यात्रीलाई समेत सबैखालका सेवा रोबोटले नै दिने उनले जानकारी दिएका छन् । चीनमा रेलवे नेटवर्क १ लाख ३९ हजार किमी रहेको छ । यो विश्वकै सबैभन्दा ठूलो रेलवे नेटवर्क हो ।

    प्रतिकृया दिनुहोस्