
काठमाडौं । आज (शुक्रबार) मात्रै एसपी दानबहादुर मल्लले चितवन छाडेका छन् ।
उनले जिल्लाका डिएसपीलाई चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रहेका एसपी मल्लले डीएसपीलाई चार्ज बुझाएको ३ नं.प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
उनको पुस ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको थियो । सरुवा भएको २ हप्तासम्म पनि जिल्ला नछाडेपछि मल्लको चर्को आलोचना भएको थियो ।
उनको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको छ । सरुवा पछि पनि अटेर गरि चितवन नछाडेपछि बुधबार मात्रै ३ नं.प्रदेश प्रहरी कार्यालय हेटौंडाले उनलाई १२ घन्टे अल्टिमेटम दिएको थियो ।
