News Portal

  • चट्याङ लागेर एकै परिवारका ५ जना घाइते

    १२१ पटक

    काठमाडौं । चट्याङ लागेर बाँकेमा एकै परिवारका ५ जना घाइते भएका छन् ।

    शुक्रबार बिहान करिब पौने पाँच बजे चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार नेपालगञ्ज-१३ महापुरवाका ५४ वर्षिय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा गुरुदिनसहित ५ घाइते भएका हुन् ।

    चट्याङ लागेर ५५ वर्षिय श्यामकला खटिक, ४५ वर्षिय राजितराम खटिक, १८ वर्षिय रामरुप खटिक र ४ वर्षिय सुबी खटिक घाइते भएका हुन् ।

    चट्याङ लागेर घाइते भएका उनीहरु सबैको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चट्याङ लागेर गुरुदिनले पालेको एउटा बङ्गुरसमेत मरेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्