News Portal

  • बालुवा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

    १६८ पटक

    नुवाकोट । जिल्लाको ककनी गाउँपालिका-४ रानीपौवाको नाकेढुङ्गामा बालुवा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    पासाङल्हामु सडकको ३५ किलो भन्ने स्थानबाट बालुवा बोकेर काठमाडौंतर्फ जाँदै गरेको बा२क ३७११ नंको टिपर बिहीबार राति ९ बजेतिर दुर्घटना हुँदा टिपरका चालक बेलकोटगढी नपा-१३ बाराहीका २२ वर्षिय अजय लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर सडकदेखि ५०० मिटर तल खसेको छ ।

    प्रतिकृया दिनुहोस्