News Portal

  • (नेकपा)ले टुङ्गो लगायो राष्ट्रिय सभा सांसदका उम्मेदवारहरु

    २१६ पटक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाका लागि उम्मेदवारहरु टुङ्गो लगाएको छ ।

    आज बिहान बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो । त्यसमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि रहेका छन् । उनलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको हो । अर्का शीर्ष नेता बेदुराम भुषाल पनि उम्मेदवार छन् ।

    राष्टिय सभामा नेकपाका उम्मेदवारहरु प्रदेश १ मा इन्दु गौतम (महिला) गोपी अछाम (दलित) देवेन्द्र दाहाल अन्य प्रदेश-२ तुलसा दाहाल (महिला) राधेश्याम पासवान (दलित) प्रदेश ३ मा गंगा वेल्वासे (महिला) वेदुराम भुषाल (अन्य) गण्डकी नारायणकाजी श्रेष्ठ (अन्य) भगवती न्यौपाने (महिला) प्रदेश ५ विमला घिमिरे (महिला) जगप्रसाद शर्मा (अपांगता अल्पसंख्यक) गोपाल भट्टराई (अन्य) कर्णाली मायाप्रसाद शर्मा (अन्य) सुमित्रा विसि (महिला) सुदुरपश्चिम तारामान स्वार (अन्य) शारदा भट्ट (महिला) रहेका छन् ।

    प्रतिकृया दिनुहोस्