News Portal

  • मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

    २७३ पटक

    दाङ । तुलसीपुर उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

    बिहीवार राति सवा ८ बजे घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ८४२ नं.को मोटरसाइलक तुलसीपुरको बेलझुण्डीमा दुर्घटना हुँदा तुलसीपुर-११ की २४ वर्षिय पवित्रा डाँगी गम्भीर घाइते भएकी थिइन् ।

    तुलसीपुर-६ बरुवामा बस्दै आएकी उनको उपचारको क्रममा राप्ती लाइभ केयर हस्पिटल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुले जानकारी दिएको छ ।

    मोटरसाइकल चालक तुलसीपुर-९ बेलुवाका ४८ वर्षिय कुलबहादुर डाँगी सामान्य घाइते भएका छन् । उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्