News Portal

सांसद साहलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी

१०६ पटक

कपिलवस्तु । सांसद अभिषेक प्रताप साहलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएसँगै उनलाई पक्राउ गर्न पुर्जी जारी भएको हो ।

कपिलवस्तु राप्रपाका युवा नेता श्याम मिश्रलाई पुस ५ गते कुटपिट गरेको आरोपमा उनीमाथि जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । मुद्धा दर्तासँगै प्रहरीले अदालत समक्ष जानकारी गराएको र अदालतकै आदेशमा पक्राउ पूर्जी जारी गरिएको हो ।

कपिलवस्तुका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले सांसद साहले ज्यान मार्ने उदेश्यले कुटपीट गरेको देखिएकाले प्रहरीले मुद्दा दर्ता गरेको वताए । सांसद साह पटक पटक काण्डमा मुछिए पनि उनी विरुद्ध पक्राउ पूर्जी जारी भएको पहिलो पटक हो । उनी नेपाली काँग्रेसका तर्फबाट सांसद हुन् ।

प्रतिकृया दिनुहोस्